साझा कथा । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई साइफर मुद्दाको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मङ्गलवार खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको हो ।
उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।
खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आइरहेका छन् ।
विश्वासको मत पाउन नसकेपछि उनि सन् २०२२ मा प्रधानमन्त्रीबाट हट्नुपरेको थियो ।
तपाईलाई केहि भन्नु छ ?