Ad Banner

यू–१९ विश्वकपः सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनलबाट बाहिरियो

साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे बाट माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।

नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ, आज बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । दुवै खेलमा जित निकाले पनि नेपाल अन्तिम चारमा पुग्नेछैन, किन भने नेपाल सुपर सिक्सका खेल नखेल्दै सेमिफाइनलबाट बाहिर भइसकेको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो, तर अंकविहिन रहेको नेपालले दुवै खेल जितेपनि अब सुपर सिक्स खेलेर घर फर्कने भएको हो । भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक भएको छ र नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् । उक्त समूहबाट शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् ।

 

 

 

यो पढ्नु भयो ?