४ सय ७४ जनाले शेयर गरेको एउटा मञ्च (फोटो कथा)

साझा कथा । मञ्च अर्थात कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि दर्शकदीर्घाको अग्रभागमा निर्माण गरिएको एक प्रस्तुति कक्ष । जहाँ प्रस्तोताहरुले आफ्नो प्रस्तुति देखाउँछन् । मञ्चमा कसैले नाटक प्रस्तुत गर्छन्, कसैले गीत, कसैले नृत्य त कसैले भाषण कला । मञ्चमा प्रस्तुत हुने अनेकन कलाले नै मानिसलाई प्रखर, सक्षम र आत्मविश्वासी बनाउँछ । यस्तै, कलाहरु आज विभूति विद्या मन्दिरको एउटै मञ्चमा सयौं विद्यार्थीहरुले प्रस्तुत गरे । विद्यालयको बाह्रौं अभिभावक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विद्यालयका ४ सय ७४ विद्यार्थीले एकै मञ्चमा गीत, नाटक, कविता, नृत्य, क्यारिकेचर, लोकदोहोरी तथा भाषण कलाहरु प्रस्तुत गरे । सबै विद्यार्थीहरुलाई प्रखर, सक्षम र आत्मविश्वासी बनाउनका लागि मञ्च उपलब्ध गराइएको विद्यालयको भनाइ छ । मञ्चमा देखिएका केही आकर्षक दृष्यहरुलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?