Ad Banner

शान्तिवाटिकामा महानगरको हस्तक्षेप- प्रदर्शन गर्न नपाउँदा विष सेवनको प्रयास

साझा कथा । काठमाडौँ महानगर प्रहरीले रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शनकारीहरूलाई हटाएर सो ठाउँ खाली गराएको छ । आज (मंगलबार) बिहान महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो । उक्त क्षेत्रमा मिटरब्याज पीडित, आरती साहको परिवार, न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल लगायत अन्य २५ जना धर्नामा बसिरहेका थिए ।

माइतीघरको निषेधाज्ञापछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिवाटिकामा धर्ना बस्दै आएका थिए । विभिन्न माग राख्ने समूहरु करिब ११ महिनादेखि सो क्षेत्रमा धर्नामा बसिरहेका छन् जस कारण रानीपोखरीलगाएत सम्पदा क्षेत्रमा फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी बताएका छन् । उनिहरु शान्ति बाटिकामा भान्छा र बिस्तारसहित स्थायी रुपमै धर्नामा बसेकाले उक्त ठाउँ खाली गर्नुपरेको हो महानगर प्रहरी ईश्वर वाग्लेले बताए ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरमा धर्ना बस्न निषेध गरेपछि अन्य समूहहरूले पनि शान्तिबाटिकामा आश्रय लिँदै आएका थिए । शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै यसअघि पनि त्यहाँ धर्ना दिइरहेकाहरूले प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शन गर्न नपाउँदा न्यायाधीश भुवन गिरीकी पत्नी आरतीको विष सेवनको प्रयास:

महानगर प्रहरीले शान्तिवाटिकाबाट सबै प्रदर्शनकारीहरू सँगै न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई पनि बाहिर निकालेपछिले उनले विष सेवनको प्रयास गरेकी थिइन् । उनले विष सेवनको प्रयास गरेलगत्तै नगरप्रहरीले तत्काल हस्तक्षेप गरेर उनलाई रोकेका थिए । रावलले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित उनले अनशन सुरु गरेकी हुन् ।

आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई हटाएको थियो ।

यो पढ्नु भयो ?