इतिहास लेख्दै नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्विप

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

साझा कथा । दुई ब्याटरको कीर्तिमानी शतकमा नेपालले क्यानडाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो ।

क्यानडा विरुद्ध यसअघि सुरुवाती दुई खेल जितेको नेपालले सोमबार भएको खेलमा दुई ब्याटर अनिलकुमार साह र भीम सार्कीको सतक प्रहारमा सिरिज क्लिनस्विप गर्न सकेको हो । टस जितेर पहिले बलिङ रोजेको नेपालले २३३ रनको लक्ष्य पाएको थियो । सो सामान्य लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४४ दशमलव ३ ओभरमा पूरा ग¥यो । जसमा अनिल साहले १२४ बलमा १२ चौका र २ छक्का हान्दै नटआउट ११२ रन जोडे भने भीम सार्कीले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै नटआउट १०१ रन जोडे ।

भीम र अनिल दुबैको सतकमा नेपालले क्यानडा विरुद्धको एकदिवसीय खेलमा क्लिनस्विप मात्रै गरेनन् नेपाली क्रिकेट इतिहासमा नामसमेत लेखाए । एकै इनिङमा उनीहरुले गरेको शतक प्रहार नेपाली क्रिकेट इतिहासमा पहिलो हो । साथै, दुईबीच नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी समेत रहन गयो । उनीहरुले नटआउट १८९ रनको साझेदारी गरेका थिए । यसअघि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध एकदिवसीय खेलमा १७१ रनको उच्च साझेदारी गरेका थिए । ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए ।

यता, टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले भने ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्न सक्यो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे । ५० रन जोडे लगत्तै उनी ललित राजवंशीको बलमा आकास चन्दबाट क्याच भए । त्यस्तै, निखिल दत्ताले अर्को ठूलो स्कोर ४५ रन जोडेका थिए ।

क्यानडाका लागि अन्य ब्याटरहरुले खासै रन लिन सकेनन् । अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए । त्यस्तै, निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोड्न सफल भए । दुवैलाई नेपालका कुशल मल्लले आउट गरे । त्यस्तै, विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले नै २५ रनमा कुशल भुर्तेलबाट क्याचआउट गराए ।

कप्तान शाद बीन जाफरले ३१ रन जोड्न सफल भए । बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १/१ विकेट लिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?