सरस्वती पूजा: अक्षर लेख्न सिकेको दिन (फोटो कथा)

२०८० फाल्गुन २, बुधबार

साझा कथा । आज श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिन । आजकै दिनबाट धेरैले अक्षर लेख्न सिके र आजकै दिनबाट अझ धेरैले अक्षर लेख्न सिक्दैछन् । किनकी, सरस्वती पूजाको दिन बालबालिकालाई विद्यालय पठाइ अक्षरारम्भ गराउँदा वुद्धि/विवेक बढ्ने जनविश्वास छ । सोही कारण पनि तातेताते गर्न सिकेका र तोतेबोली बोल्न सक्ने आफ्ना नानीबाबुलाई विद्यालय लगेर अभिभावकहरुले अक्षर लेख्न सिकाउँछन् । काठमाडौंको वनस्थलीस्थित किंस टाउन स्कुल र विभूति विद्यालयमा सरस्वती पुजाको दिन अक्षर लेख्न सिकाएका केही दृष्यलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?