आईसीसी विश्वकप क्रिकेट लिग २ः इज्जत बचाएर हारेको नेपाल (फोटोसहित)

साझा कथा । सुरुवाती ४ ब्याटरले दोहोरो अंक जोड्न नसक्दा आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामेबियासँग नराम्रो परायज भोग्नु परेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१ दशमलव १ ओभरमा १३२ रनमा अलआउट भयो । खराब सुरूवात गरेको नेपालले पहिलो बलमै ओपनर ब्याटर कुशल भुर्तेललाई गुमाउन पुग्यो भने १० ओभरको पावरप्लेमा सुरुवाती चार विकेट गुमायो । जतिबेला नेपालको केवल २५ रन बनेको थियो । तथापी, १३३ रनको लक्ष्य पाएको नामिकियाले ६ विकेटको क्षतिमा मात्र लक्ष्य पार गरेको थियो । जसले घरेलु मैदानमा भएको खेलमा नेपालले आफ्नो इज्जत मात्र जोगाउन सक्यो । नामिबिया पहिलो खेलमा नेपाललाई ४ विकेटले जित्दै आफ्नो खातामा दुई अंक जोड्न सफल भएको छ ।

कुशल भुर्तेल रोयल डक भएपछि ब्याटिङमा जमेका अनिल साह आए । तर, उनले पनि खासै ब्याट चलाउन सकेनन् र ८ रनमै आउट भए । अनिलले ६ बलमा २ चौका हिर्काएका थिए । नेपालको ब्याटिङमा दबाब सिर्जना गरेको नामिबियाले चौथो ओभरमा आसिफ शेखको विकेट लिए । आसिफ ४ रनमै आउट भए । त्यस्तै, दशौं ओभरमा कप्तान रोहित पौडेल केवल १ रन जोडेर आउट भए ।

नामिबियाको कसिलो बलिङका बाबजुत २० ओभरसम्म टिकेका कुशल मल्ल पाँचौ विकेटको रुपमा १५ रनमा आउट भए । उनले २२ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए । यसरी लगातार विकेट गुमाएको नेपालका लागि सोमपाल कामीले २ रन लिए भने सबैभन्दा बढी ४४ रन भीम सार्कीले लिएका थिए । १३३ को टार्गेट पुर्याउन भीमको ठूलो योगदान रह्यो ।

दबाबमा मैदान छिरेका गुल्सन झा पनि धेरै बेर मैदानमा टिक्न सकेनन् । उनी ३२ औं ओभरमा २१ रन बनाएर आउट भए भने पवन सर्राफ १२ रन र अन्तिम विकेटको रुपमा करण केसी १६ रनमा आउट भए ।


उता, बलिङमा नामिबियाका इरासमसले ५ विकेट लिए भने ट्रम्पलम्यान र ब्रासेलले २/२ विकेट लिए । अब नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

फोटो सौजन्यः क्यान

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?