पुनरावेदनको अन्तिम तयारीमा सन्दीप, अब कति दिनमा टुङ्गिएला ?

साझा कथा । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनको अन्तिम तयारीमा छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय हुने गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भइरहेको हो ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए । ‘हामी उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं । जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा(युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ ।

निवेदक पक्षले पुनरावेदनको तयारी गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले लामिछानेको मुद्दा पुनरावेदन जाने तयारी सुरु भएको बताए। उनले जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदनको मस्यौदा तयार गरिरहेको जानकारी दिए । उनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च अदालत पाटनले फैसला उल्टाउनेमा आफू विश्वस्त रहेको दाबी गरे ।

जिल्ला अदालत काठमाडौँको फैसलामा उल्लेख प्रमाणका आधार कमजोर रहेका र प्रमाणका आधारमा होइन, भावनाका आधारमा फैसला गरिएको आरोप पनि लगाए । यही कारण पनि पुनरावेदनपछि यो फैसला बदर हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन् । नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए । केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए । जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?