साझा कथा । नेपाली नागरिकले अबदेखि सहजै भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।”
उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् ।
तपाईलाई केहि भन्नु छ ?