Ad Banner

आईसीसी विश्वकप क्रिकेट लिग २ः तेस्रो खेल नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ । लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेञ्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

यसअघिको खेलमा नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

यो पढ्नु भयो ?