आईसीसी विश्वकप क्रिकेट लिग २ः नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

२०८० फाल्गुन ९, बुधबार

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतयको तेस्रो खेलमा नामिबियालाई नेपालले १६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८  रन बनाएको हो ।

नेपालका लागि आशिफ शेख सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६ रन र भीम सार्कीले २६ रन बनाएका थिए भने ओपनर कुशल भुर्तेलले १८ र केरण केसीले १२ रन जोडे ।

नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । नामिबियाका बलर बेनार्ड स्कोल्ज र जन निकोल लफ्टी एटनले चार–चार विकेट लिए ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?