Ad Banner

स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् जंगलमा मृत फेला

साझा कथा । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेकाको परिचय खुलेको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए । उनीहरू तीनैको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको जनाएको छ । हत्या गरिएका उनिहरु ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ रहेका छन् । तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न महिलाकै श्रीमान् रहेको बुझिएको छ । घटनापछि उनी फरार भएका थिए । उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएकोमा उनि कोठादेखि करिब दुई किलोमिटर पर रहेको जंगलमा  झुन्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

श्रीमान् ३७ वर्षीय राजु घिमिरेले श्रीमती र दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

यो पढ्नु भयो ?