साझा कथा । एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेलमा क्यानडा–११ ले टस जितेको छ । क्यानडा– ११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।
यसअघि खेलेको पहिलो खेल क्यानडा–११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १–१ को बराबरीमा रहेको सिरिज आज विजयी हुने टिमले उपाधि जित्नेछ ।
नेपालको प्लेइङ–११ मा सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
तपाईलाई केहि भन्नु छ ?