सम्झनामा भजन शिरोमणि (तस्विरहरु)

साझा कथा । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको अन्त्यष्टि गरिएको छ । पशुपतिमा अन्त्यष्टि गर्नु अघि उनको पार्थिव शरीरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, राजनीतिक दलका नेता, शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ९ बजे नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । आचार्यको ८२ वर्षको उमेरमा सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका उनका गीत लोकप्रिय छन् । आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुन् ।

तस्बिरः प्रकाश गोपाली/साझा कथा

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?