साझा कथा । बिहीबार राति भएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) च्याम्पियनसिपको फाइनल खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली पराजित भएको छ ।
नेपाल जोर्डन सँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । नेपाल जोर्डनसँग पराजित हुँदा ११औँ पटक फाइनल पुगेर पनि उपाधि विमुख भएको छ । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि उपाधिको छिनोफानो सीधै पेनाल्टी सुटआउटबाट भएको थियो ।
फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो । खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन् । सेमिफाइनलसम्म नेपालका लागि खेल्दा सावित्रा भण्डारी (साम्बा) ले ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन् । उनि फाइनलअघि नै फ्रान्स गएकी थिइन् ।
आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो । नेपालले भने उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको थियो ।