साझा कथा । त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर नेपाललाई ब्याटीङको निम्तो दिएकोमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० बनाएको हो ।
नेपालका लागि कुशल मल्लले नटआउट हदै सार्वाधिक ५५ रन जोडे भने आरिफले २४ बलमा ३१ रन, दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन, करण केसीले ३ बलमा १ छक्का प्रहार गर्दै ७ रन जोडे भने अन्तिम दुई बल बाँकी छदा सोमपाल कामीले २ रन बनाउदै आउट भए ।
नेपालले टोलीमा आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राखेको थियो भने, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा समाबेश गरेको थियो ।
सिरिज अन्तर्गतका लिग चरणका ३ खेल सकिँदा नेपालले दुवै खेलमा हार व्यहोरेको छ । नेदरल्यान्ड्स दुवै खेल जित्दै ४ अंकका साथ शीर्षस्थानमा रहँदा नामिबिया १ जित र १ हारका साथ २ अंक जोडेर दोस्रो स्थानमा छ । आजको खेलमा नामिबियाले जित हासिल गरे नेदरल्यान्ड्ससँग फाइनल खेल्ने पक्का हुनेछ ।
नेपालले आजको खेल जितेमा भने फाइनल पुग्ने सम्भावना जीवित रहनेछ । शनिबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । त्यस्तै नामिबिया र नेदरल्यान्ड्सले आइतबार खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।