हङकङमा हुने टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

साझा कथा । नेपालले हङकङमा टी–२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । हङकङ क्रिकेट संघले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी–२० सिरिज हुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त सिरिज खेल्ने टिमको घोषणा गरेको समेत गरिसकेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ । नेपाली टिम–रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा ।

त्रिकोणात्मक टी–२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ । साथै सिरिज अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने बताइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?