सहकारीको पीडाः कमाउनभन्दा बचाउन गाह्रो !

रुषा थापा । बुढोपाकाले भन्थे, ‘पैसा कमाउन गाह्रो छ, त्योभन्दा बढी पैसा बचाउन गाह्रो छ ।’ यो ज्वलन्त उदाहरण हो, सहकारीका बचतकर्ता । अहिले सहकारी विभागमा बचतकर्ताहरू धर्ना दिइरहेका छन् । तर, विभागका महानिर्देशक पीताम्बर घिमिरेले पीडित बचतकर्ताहरूको कुरा पनि सुनेका छैनन् । र, सहकारीमा पैसा नराख्न सार्वजनिक सूचना पनि निकालेको छैन ।

बचतकर्ताहरू आफ्नो रकम डुबेको भन्दै विभागमा आएर रुन्छन्, कराउँछन् । तर, विभागका महानिर्देशकलाई केही मतलब छैन । सहकारीका कारण करोडौँ जनता पीडित भएका छन् । यद्यपि, केही सहकारीले अझै पनि जनतालाई भ्रममा पारेर बजारबाट पैसा उठाइरहेका छन् । झन्डै ३८ खर्ब रकम ३५ हजारभन्दा बढी सहकारीमा बचतकर्ताहरूको डुबेको छ ।

सहकारीमार्फत बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गरेको आरोप लागेका लामिछाने अहिले पनि सदनमै छन् । उनी खुलेआम हिँडिरहेका छन् । करोडौँ बचतकर्ताको खर्बो रकम खाने सहकारीका सञ्चालकहरूलाई गृहमन्त्री र प्रधानमन्त्रीलाई समात्न सकेका छैनन् । तर, न्याय माग्दै कयौँ दिन खाली खुट्टा हिँडेर काठमाडौँ आएका मिटर ब्याज र लघुवित्त पीडितलाई भने पक्राउ गरियो ।

अहिले पनि सहकारी विभाग र मन्त्रालयले सहकारीमा बचत नगर्न सर्वसाधारणलाई सचेत गराएको छैन । विभाग र मन्त्रालय अझै पनि ठग सहकारीकै पक्षमा छ । सहकारीले यत्रो बचतकर्ताको बिचल्ली बनाइदिँदा पनि राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ललाई सरकारले समातेको छैन । उनी अहिले पनि विभागका महानिर्देशक, मन्त्री र प्रधानमन्त्रीलाई भेट्न पुग्छिन् । र, राजनीतिक दललाई चन्दा दिन्छिन् । अब बचतकर्ताहरूले महासङ्घकी अध्यक्ष मल्लको घर घेर्नुपर्छ । किनकि जनता ठग्ने सहकारीकी नाइके त यी नि नै हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेसम्म मल्ललाई पक्राउ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छैनन् ।

उनी न त बचतकर्ताको रकम फिर्ता गराउन नै गम्भीर छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेमाथि सहकारीमार्फत बचतकर्ताहरूको करोडौँ रकम ठगी गरेको आरोप छ । तर, कुनै पनि दलका सांसदहरूले लामिछानेलाई पक्राउ गर्नका लागि सदनमा आवाज उठाएका छैनन् । सीआइबीले पनि उनलाई अहिलेसम्म समातेको छैन । सहकारीमार्फत बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गरेको आरोप लागेका लामिछाने अहिले पनि सदनमै छन् । उनी खुलेआम हिँडिरहेका छन् । करोडौँ बचतकर्ताको खर्बो रकम खाने सहकारीका सञ्चालकहरूलाई गृहमन्त्री र प्रधानमन्त्रीलाई समात्न सकेका छैनन् । तर, न्याय माग्दै कयौँ दिन खाली खुट्टा हिँडेर काठमाडौँ आएका मिटर ब्याज र लघुवित्त पीडितलाई भने पक्राउ गरियो ।

सहकारीसामु सहकारी मन्त्री रन्जिता श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड निरीह बने या सहकारीका सञ्चालकहरूको पैसामा बिके । सहकारीमा मकै पोल्नेदेखि अर्कोको घरमा काम गर्ने, होटल, रेस्टुरेन्ट वा पसलमा काम गर्ने सबैको पैसा डुबेको छ । सहकारीजस्तै पछिल्लो समय बैङ्कका बचतकर्ताहरूको पनि बिचल्ली हुने अवस्था आएको छ । बचतकर्ताहरूले अनेकन् दुःख, कष्ट गरेर पैसा कमाए । तर, अहिले आएर सहकारी र बैङ्कले खाइदियो । हाम्रो समाजमा एउटा चर्चित उखान छ, ‘काम साँच्यो आफूलाई, खान साँच्यो अरूलाई ।’

एक छाक मिठो नखाई, एक जोर नयाँ कपडा नकिनी सर्वसाधारणले गाह्रो, साँघुरो परेको समयमा काम लाग्छ भनी सहकारी र बैङ्कमा बचत गरे । विडम्बना, अहिले आफूले जोगाएर राखेको रकम सहकारीले खाइदिएको छ । सहकारीका अधिकांश बचतकर्ता पैसा डुबेपछि आत्महत्या गर्न बाध्य भए । कतिपय डिप्रेसनमा छन् । अस्पतालको बेडमा महिनौँ दिनदेखि बसिरहेका छन् ।

यता, सहकारीका सञ्चालकहरू भने आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडेर विदेश पुगेका छन् । बचतकर्ताहरूको बिजोग भएको छ । हुन त देशै फटाहाले खाने रहेछ । जो व्यक्ति इमानदार छ, झुट्टो बोल्दैन र सत्य बोल्छ, त्यो यहाँ बाँच्न सक्दैन । अहिले सहकारी विभागमा धाउने बचतकर्ताहरू जनता नै हुन् । विभागको महानिर्देशक पीताम्बर घिमिरे तीनै जनताले तिरेको करबाट तलब भत्ता र सेवा सुविधा उपलब्ध गरिरहेको छन् । तर, काम चाहिँ ठग सहकारीका सञ्चालकहरूको हितमा गर्छन् । अहिले बजारमा सुनिन्छ कि सहकारी सञ्चालकहरू दिनहुँ मन्त्री क्वाटर पुग्छन् ।

उनीहरूले नै मन्त्रीलाई भनेर विभागका तत्कालीन महानिर्देशक नवराज घिमिरेको सरुवा गरिदिएको समेत बताइन्छ । अहिलेका महानिर्देशकले आफूहरूको कुरा नसुने र आफूहरूको हितमा काम नगरे, उनको पनि सरुवा गरिदिने सहकारीका सञ्चालकहरूले बताएको बुझिन्छ । प्रायजसो सबै सहकारीका सञ्चालकहरूले राजनीतिक पार्टीको सदस्यता लिएका छन् । उनीहरूसँग पैसा पनि छ । प्रधानमन्त्रीका सल्लाहकार, कार्यकर्ता वा वरपर घुम्नेहरूलाई पैसा चाहिएको छ । सहकारी मन्त्री रन्जिता श्रेष्ठको दाँयाबाँया हिँड्ने पनि पैसामै बिक्छन् । सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरे पीडित बचतकर्ताहरूको हितमा काम गर्छन् जस्तो देखिदैंन ।

मन्त्रीले जे भन्यो, त्यही मान्छन् उनी । सहकारीका बचतकर्ताहरूको पैसा डुब्यो । अब यो रकम फिर्ता आउने छैन । कतिपय सहकारीहरूले बचतकर्ताहरूलाई अझै फसाउने योजना बनाइरहेका छन् । दुर्गम क्षेत्रको जमिन महँगोमा जबरजस्ती भिडाइरहेका छन्, बचतकर्ताहरूलाई । त्यस्तै, सेयर र गाडी पनि बचतकर्ताहरूलाई दोब्बररतेब्बर मूल्यमा खरिद गर्न बाध्य बनाइरहेका छन् । कहिले काहीँ मोहन वैद्य नेतृत्वको युवा सङ्गठनले सरकारी कर्मचारीलाई कालो मोसो दलेको सुनिन्छ । र, समाचार पनि भेटिन्छ । तर, सर्वसाधारणको खर्बो रकम खाने सहकारीका सञ्चालकहरूलाई न त वैद्यको युवा सङ्गठनले कालो मोसो दल्छ न त सरकार नै सहकारीका सञ्चालकहरूलाई समात्छ । सहकारीमा यत्रो जनताको रकम डुब्दा कुनै पनि राजनीतिक दलका नेताहरू बोल्दैनन् ।

किनकि अधिकांश सहकारी पार्टीको कार्यकर्ताले खोलेका छन् । पर्दाभित्र बसेर सहकारी खोल्न लगाउने र जनता ठग्न लगाउने पनि राजनीतिक दलहरूले नै हुन् । आफ्नै कार्यकर्तालाई सहकारी खोल्न लगाएर जनता ठग्ने अनि सरकारमा बसेर कारबाही गर्छु भन्ने ! यिनीहरूले नौंटकी पनि कति जानेको । सर्पले काचुली फेरेजसरी प्रधानमन्त्री प्रचण्ड छिनछिनमा कुरा फेर्छन् । यस्तो कुरा फेर्न र नौंटकी गर्न जान्ने मान्छे कलाकार हुनुपर्नेमा देशको प्रधानमन्त्री भएपछि कहाँबाट देश विकास हुन्छ रु र, कहाँबाट पीडित जनताहरूले न्याय पाउँछन् रु कतिपय भरिया बोक्न नसक्ने भारी छ भने जतिसुकै पैसा दिन्छु भने पनि भारी बोक्दैनन् । देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो ।

जनताहरूमा निराशा छाएको छ । तर, अझै पनि भ्रम फैलाएर प्रधानमन्त्री दाउरा सुरुवाल लगाई सरकारी गाडीमा हिँडिरहेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्दा विपक्ष दलका नेताहरूले सांसद नै घेर्नुपर्थ्यो । उनी प्रधानमन्त्री हुँदा विदेशी ऋण २७ खर्ब थिएन । न त देशको आर्थिक अवस्था नै नाजुक थियो । ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्डले बोल्दाबोल्दै राजीनामा दिए । तर, अहिले देश नाजुक अवस्थामा पुग्दा उनी न त राजीनामा दिन्छन् न त कामै गर्न गर्छन् । प्रधानमन्त्री प्रचण्डसँग अलिकति पनि नैतिकता छ भने उनले कि त पदबाट राजीनामा दिनुपर्छ नत्र देश र जनताको हितका लागि धमाधम काम गर्नुपर्छ ।

यीनलाई देश र जनताको मतलब छैन । आफ्नो कुर्सी मात्र प्यारो छ । कुर्सी कै लागि कहिले देउवा कहाँ पुग्छन् त कहिले ओली कहाँ । जनताले नपत्याएको ३२ सिट ल्याएको व्यक्ति देशको प्रधानमन्त्री बनेपछि देश कसरी विकास हुन्छ ? पीडित जनताले कसरी न्याय पाउँछन् ? अरू पार्टीलाई झुक्क्याएर र झालजेल गरेर प्रधानमन्त्री बनेको व्यक्तिले के को देशको लागि काम गर्छन् ? दाउरा सुरुवाल कोट लगाउँछन् अनि जनताले तिरेको करबाट तलब भत्ता र सरकारी गाडी चढ्छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?