साझा कथा । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्यालले शपथ लिएका हुन । उनिहरुको जिम्मेवारी भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथ लिने तीनै जना सांसदहरु पूर्वमन्त्रीसमेत हुन् ।
मन्त्रीहरुको सपथग्रहण कार्यक्रमका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगायत गठबन्धनमा रहेका एमाले र रास्वपा नेताहरु दिउसो राष्ट्रपतिको कार्यालय पुगेका थिए ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।
तपाईलाई केहि भन्नु छ ?