Ad Banner

त्रिकोणात्मक टी–२० फाइनल खेल: नेपालले टस जित्दै पहिला ‘ब्याटिङ’ रोज्यो

साझा कथा । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम फाइनल खेलमा टी–२० सिरिजको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले फिल्डिङको निम्तो पाएको छ ।

लिग चरणको खेलपछि अंक तालिकामा नेदरल्यान्ड्स पहिलो र नेपाल दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको थियो । फाइनलमा भिड्दा नेपालले आइसिसी टी–२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ ।

आगामी जेठमा हुने आइसिसी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

यो पढ्नु भयो ?