साझा कथा । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई फिल्डिङको निम्तो दिएकोमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले सार्वाधिक ४७ रन जोडे । अर्का ओपनर कुशल भुर्तेलले २० रन, कप्तान रोहित पौडेलले २५ रन, कुशल मल्लले ११ बलमा २६ रन, करण केसी ४ बलमा ९ रन, गुल्सन झाले ३४ रन बनाए भने आरिफ शेख शून्यमा आउट हुँदा नेपालले तीन बलमा तीन विकेट र आठ बलमा चार विकेट गुमायो । प्रतिश जिसी र सोमपाल कामी ६–६ रनमा नटआउट रहे।
बलिङमा नेदरल्यान्ड्सका फ्रेड क्लासेन, भान डेर, लेभिट र साइब्रान्डले सामान २–२ विकेट लिए ।