त्रिकोणात्मक टी–२० आई सिरिजः टस जित्दै हङकङविरुद्ध नेपालले पहिला ‘फिल्डिङ’ रोज्यो

२०८० फाल्गुन २७, आईतवार

साझा कथा । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल र हङकङले आज खेल्दैछ । टोलीले खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । उक्त खेल बिहान ११ः३० बजे सुरू हुनेछ ।

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली हङकङसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?