त्रिकोणात्मक टी-२० सिरिजः नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित, बाँडे अंक

साझा कथा । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आइतबार भएको नेपाल र हङकङबीचको पहिलो खेल रद्ध भएको छ । खेल सुरु भएको केही समयमै पानी पर्न थालेपछि केही समय खेल रोकिएर फेरि सुरु भएको थियो ।

तर फेरि पानी पर्न थालेको र निरन्तर पानी परिरहेपछि खेल प्रभावित भएर रद्ध भएको हो । जसका कारण हङकङ र नेपालले अंक बाँडेका छन् । तालिकामा दुवैले एक/एक अंक जोडेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा हङकङ उत्रिएको खेलमा ८ ओभर सकिदा पुन वर्षा भएको थियो । हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

हङकङमा त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न गएको नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ । हङकङमा घरेलु टोलीसँगको पहिलो फ्रेन्डसिप कपमा नेपालले ७३ रनको फराकिलो हार व्यहोरेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?