हङकङ टी–२० सिरिजः उपाधि जित्न नेपाललाई १७२ रनको लक्ष्य

२०८० फाल्गुन ३०, बुधबार

टी–२० सिरिजको मंगलबार हङकङमा जारी खेलमा पपुवा न्युगिनीबिरुद्ध नेपालले १७२ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमन १ सय ७१ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले सर्बाधिक ६१ रन जोडे भने एली नाओले अविजित ३० रन बनाए ।

नेपाली टोलीका बलर कुशल भुर्तेल र आकाश चन्दले समान ३–३ विकेट लिए । कुशलले चार ओभरमा २४ रन र आकाशले चार ओभरमा ४१ रन खर्चिए । करण केसी र गुलसन झाले पनि समान १–१ विकेट लिए । पीएनजीको पहिलो विकेट करण केसीले लिएका थिए ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?