सन्दीपलाई सजाय कम भएको भन्दै सरकारी वकिल उच्च अदालतमा

साझा कथा । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ ।

काठमाडौँ जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो । वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि काठमाडौँ जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गरेको थियो । यसै फैसलामा असहमति जनाउँदै उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको हो । सरकार पक्षको दावीमा किशोरीको नागरिकता, शैक्षिक प्रमाणपत्र आदिले किशोरीको उमेर वारदातको समयमा १८ वर्षभन्दा कम नै रहेको जिकिर गर्दै सन्दीपलाई सुनाइएको सजाय अपुग भएको भन्दै उच्च अदालतमा मुद्धा दर्ता भएको उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईले बताए । काठमाडौँ जिल्ला अदालतले भने किशोरीको उमेर १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुराएर बलात्कार गरेको ठहर गरेको थियो ।

यता सन्दीपले भने आफू निर्दोष भएको र किशोरीमाथि जबर्जस्ती करणी नभएकाले सफाई पाउनुपर्ने दाबीसहित यसअघि नै उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दर्ता गराइसकेका छन् । उनी हाल दोषि ठहर हुँदै ८ वर्षे कैद सजाय भुक्तान गरिरहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?