Ad Banner

कीर्तिपुरमा सम्पदा यात्रा सम्पन्न

साझा कथा । काठमाडौं उपत्यकाको एक ऐतिहासिक स्थलको रुपमा परिचित कीर्तिपुर क्षेत्रमा सम्पदा यात्रा गरिएको छ ।

कीर्तिपुरमा रहेका सम्पदाहरुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्पदा यात्रा चोभार गेटबाट आदिनाथसम्म सञ्चालन गरिएको थियो । कीर्तिपुर स्वयम्सेवक समाजले आयोजना गरेको सो यात्राले कीर्तिपुरको एक विशेष सम्पदाको रुपमा परिचित आदिनाथलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको यात्राका अगुवा तथा स्थानीय सम्पदा विज्ञ सरोज शाक्यले बताए । आदिनाथ मन्दिर रातो मछिन्द्रनाथको लागि पनि महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा परिचित छ ।

सम्पदा यात्रासँगै २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयम्सेवक समाजले स्थापनाको १९ औं वार्षिकोत्सव पनि सम्पन्न गरेको छ । विशेष गरि युवा क्षमता विकास र विपद् व्यवस्थापनमा काम गर्दै आएको समाजले यस पटक सम्पदा यात्रा गरेको र यस्तो अभियान निरन्तर गर्ने समाजका अध्यक्ष सुधन सुवेदीले बताए । कीर्तिपुर स्वयम्सेवक समाज कीर्तिपुर क्षेत्रलाई केन्द्रमा राखि विभिन्न खालका सामाजिक कामहरु गर्दै आएको संस्था हो ।

यो पढ्नु भयो ?