सुन तस्करी प्रकरणः महरालाई बचाउने पक्षमा छैनन् ‘प्रचण्ड’

साझा कथा । गत आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पछि महरालाई सोमबार बिहान रुपन्देहीबाट पक्राउ गरेर सोहि दिन काठमाडौँ ल्याएर म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले उनको कमजोर स्वास्थ्य अवस्थाका रहेको कारण देखाउँदै अस्पतालमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सुरक्षा पहराका साथ उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रचण्डले महरालाई फोन गरेका थिए । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए, बैठकका सहभागी एक नेताले भने, प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोधेका र यो विषयमा एक घण्टामा महराले जानकारी दिने बताएका उनले बताए,

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ । ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयं महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आएका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो । यसअघि भने सिआइबीले उनलाई बयान कागज गराएर मात्रै छाडेको थियो । उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको आरोगले औँल्याएको छ ।

महरा पुनः सुन तस्करीमा मुछिएपछि उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने माओबादीका केहि नेताहरुले माग राख्दै आएका छन् । महरा पुनः सुन तस्करीमा मुछिएपछि माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने माओबादीका केहि नेताहरुले माग राखेका थिए । उक्त बैठकबाट प्रचण्डले महरालाई फोन गरेका थिए । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए, बैठकका सहभागी एक नेताले भने, प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोधेका र यो विषयमा एक घण्टामा महराले जानकारी दिने बताएका उनले बताए । महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड मङ्गलवार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएकाले थप छलफल गर्न नभ्याइएको र अर्को बैठकबाट ठोस निर्णय लिने बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए । प्रचण्डले पनि महरालाई बचाउने पक्षमा आफू नभएको र राज्यले गरेको छानबिन प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।

यद्यपि निलम्बन गर्ने विषयमा महराको प्रतिक्रिया आएपछि मात्रै थप छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको माओवादीले जनाएको छ ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?