साझा कथा । रङ्गकर्मी भीष्म जोशीको कथा–निर्देशनमा ‘समय र उमेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको सार्वजनिक गीतको भिडियोमा विद्यालय पढ्दै गर्दाको उमेरमा बसेको प्रेम र समयसँगै त्यो प्रेममा आएको परिवर्तन देख्न सकिन्छ । आर्ट घर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत कैलाली जिल्लाको टीकापुरका विभिन्न स्थानमा र गीतको केहि अंस काठमाडौंमा छायांङ्कन गरिएको छ ।
सार्वजनिक गीतको भिडियोमा निर्देशनक जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन सुजय गौतमले गरेका हुन भने भिडियोको सम्पादन जेसन लोप्चन र कलरिङ तथा साउन्ड डिजाइन धिरज अधिकारीले गरेका छन् । टीकापुरका हेमन्त अधिकारी र धिरज अधिकारीले गीतको भिडियोको सह–निर्देशन गरेका छन् ।
VIDEO LINK-https://www.youtube.com/watch?v=9ik9froFIHs