साझा कथा । रङको उत्सव ‘होली’ आज धुमधामका साथ मनाइयो । कसैले घरपरिवारमा, कसैले साथीभाइ भेटघाट गरेर, कसैले विशेष कार्यक्रमकै आयोजना गरेर, कसैले घुमघाम त कसैले मिठामिठा परिकार खाएर होली मनाए । यसरी दिनभर मनाइएको वा खेलिएको होली साँझपख सामाजिक सञ्जालमा फोटो तथा भिडियोहरु शेयर गरेर होलीलाई स्मरणीय बनाउनेहरु धेरै छन् । फेसबुक, ट्वीटर, इन्स्ट्रा तथा युट्यूट जताततै होलीकै फोटो र भिडियोहरु देख्न पाइन्छ । यिनै सामाजिक सञ्जालमा प्राप्त रोमाञ्चक फोटोहरुलाई साझा कथाले फोटो कथाको रुपमा पस्केको छ ।
तपाईलाई केहि भन्नु छ ?