डहरे देउराली स्याङ्जा र पर्वत जिल्लाको सिमानामा पर्ने यो रमणीय देउराली पुग्न अर्जुन चौपारी गाउँपालिकाको आरुचौर हुँदै वा पर्वतको कार्कीनेटा बजार हुँदै पुग्न सकिन्छ ।
परापूर्वकालमा डहरा ऋषिले तपस्या गरेको हुनाले यो तपोभुमी डहरे देउरालीको नामले प्रसिद्ध भएको हो भन्ने जन विश्वास छ । बालानन्द ऋषिले लामो समय तपस्या गरेको, षडानन्द ऋषीले तपस्या गर्दागर्दै यसै स्थानमा प्राण त्यागेकोले यसको महिमा अपार छ । ऋषि हरुको साधनाबाट पवित्र भएको यस स्थानमा मन्दिर निर्माण गरिएको भन्ने भनाई छ ।
मन्दिरमा षडमुखेश्वर महादेवको मूर्ति स्थापना गरी पूजा गरिदै आएको छ । यहाँ तपस्वीहरुले पहिले ओढारमा बसेर तपस्या गर्दथे, पछि पश्चिमाभिमुख आश्रम निर्माण गरियो । यहाँ शिला पर्वतमा हनुमान पद्मासनमा बसेको आकृती देख्न सकिन्छ ।
२०४३ सालमा यहाँ धान्याञ्चल महायज्ञ गरी पंचाग्नीको स्थापना गरियो । अग्नीज्वाला मुक्तिनाथबाट ल्याई स्थापना गरिएको हो । यहाँ अखण्ड धुनि निरन्तर बलिरहन्छ । डहरे देउरालीको शिरमा देवीको मन्दिर छ । समुद्री सतहदेखि २२६० मिटर उचाइमा अवस्थित यो देउरालीबाट । थुप्रै हिमश्रृङ्खलाहरुका साथै स्याङजा, पर्वत, कास्की र बागलुङका विभिन्न स्थान देख्न सकिन्छ ।
ध्यानीहरु पुग्नुपर्ने ठाउँ (भिडियो)
तपाईलाई केहि भन्नु छ ?