आयरल्याण्ड ‘ए’ विरूद्ध‍क‍ो सिरिज: नेपालले पायो १२२ रनको लक्ष्य

साझा कथा । नेपालले आयरल्याण्ड ‘ए’सँगको अभ्यास खेलमा १२२ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो ।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सार्बाधिक ४६ रन जोडे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङमा ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने करण केसी र कुशल मल्लले १/१ विकेट लिन सफल भएका थिए ।

नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी–२० खेल खेल्नेछ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेलिरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?