आयरल्यान्ड ‘ए’माथि नेपाल ६ विकेटले विजयी

साझा कथा । घरेलु मैदानमा भएको अभ्यास खेलमा आयरल्याण्ड ‘ए’माथि नेपालले ६ विकेटको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको लक्ष्य दिएको थियो । जसमा नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर खेल जित्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट सर्वाधिक ३७ रन बनाए भने सन्दीप जोराले ३६ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, आसिफ शेख १६, गुल्सन झाले ४ रन बाएका थिए । कप्तान रोहित पौडेल भने शुन्य रनमा आउट भए । बलिङमा आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले समान १/१ विकेट लिए ।

आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सार्बाधिक ४६ रन जोडे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङमा ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २/२ विकेट लिए भने करण केसी र कुशल मल्लले १/१ विकेट लिन सफल भएका थिए ।

नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी-२० खेल खेल्नेछ । आइसिसी टी-२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेलिरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?