साझा कथा । नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात् अन्तिम खेल खेल्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड एलाई पराजित गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
आइसिसी टी-२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेलिरहेको छ ।
नेपालको टोली- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
तपाईलाई केहि भन्नु छ ?