पाल्पा जिल्लामा अवस्थित कालीगण्डकी नदीको चट्टानमाथि बनेको रानी महल दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर रानीमहल दरबार बनाएको इतिहाँस छ । सोहि अनुरुप यो दरबार रानीमहल दरबारको नामले परिचित रहेको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा समेत रहेका छन् । पछिल्लो समय उक्त महल हेर्न आउने पर्यटकहरुको संख्या बढ्दो क्रममा छ ।
प्रेमको प्रतिक रानी महल (भिडियो)
