सहकारी ठगी प्रकरण: लामिछानेविरुद्ध प्रमाण भेटिएन- रवि भन्छन् सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन

साझा कथा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केहि नभएको बताएका छन् । बुधवार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका हुन् ।

समितिमा लामिछानेले भने सहकारीमा जहाँ मेरो नाम भनिएको छ । त्यहाँ नाम बाहेक केही छैन । हस्ताक्षर छैन । न ल्याप्चे छ । न मैले निवेदन दिएको छु । मेरो सामान्य केवाईसी भरिएको छ । त्यहाँ केही पनि भरिएको छैन । न अनुसन्धान भएको थाहा छ । त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन,’ उनले भने, ‘जाहेरी छ जो प्रहरीले सूचनाको रुपमा लिएको जानकारी आएको छ ।’

उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउदै आफुमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

साथै, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले पनि सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् । कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?