होलीमा हाइकिङको मज्जा ! (फोटो कथा)

साझा कथा । देशभर पानी र रङसँग होली पर्व मनाइरहँदा चन्द्रागिरिका युवायुवती भने हाइकिङमा रमाउँदै थिए । गत शनिवार चन्द्रागिरि नगरपालिकाको सकृयतामा चन्द्रागिरी हाइकर्स कम्यूनिटी (सीएचसी)ले स्वस्थ्यका लागि पैदल यात्रा भन्ने नाराका हाइकिङ कार्यक्रमको आयोजना गरेको थियो ।


थाहा नगरपालिकास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ऋषेश्वर महादेव मन्दिरको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । ४२ किलोमिटरको दूरी पार गरेको पदयात्रा थानकोट, चन्द्रागिरि भन्ज्याङ, चित्लाङ, टौखेल, बज्राबाराही, कुन्छाल, कुगाउँ, ओखलबाजार, शिखरकोट हुँदै ऋषेश्वर महादेव पुगेर समापन गरिएको थियो ।

राजा त्रिभुवनले ऋषेश्वर महादेवको बारेमा थाहा पाएपछि पुत्र प्राप्तिको मनोकाङ्छाले गोरेटो बाटो निर्माण गर्न लगाई थानकोटहुँदै घोडामा दर्शन गर्न आएको अनि पुजा–आराधना गरे पश्चात् पुत्रको रूपमा राजा महेन्द्रको जन्म भएको किंबदन्ती छ । पछि राजा महेन्द्रले यस पुण्य क्षेत्रको साथै दामनमा भएका बागवानी फार्म, पर्वतीय वनस्पति उद्यान र दामन भ्यूटावरको निर्माण गरि विकास निर्माणको कार्यमा अनुपम योगदान दिएका थिए । मन्दिर परिसरमा एउटा जलकुण्ड र माथी चट्टानमा शिवको प्रतिमा रहेको छ । पूर्ण प्राकृतिक रुपमा स्थिर रहेको यसै क्षेत्र अब हाइकिङको लागि एउटा नयाँ गन्तव्य बन्दैछ ।

तस्विरः गणेश विष्ट/प्रकाश गोपाली

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?