साझा कथा । प्रदर्शनरत चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए ।
चलचित्र भारतका करिब एक सयभन्दा बढी सिनेमा हलमा प्रदर्शन हुने कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा प्रदर्शन हुने मिति सार्वजनिक गरिने पनि जानकारी दिए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुदै छ ।
चलचित्र अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक सुवेदीले बताए भने त्यस्तै क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शन गरिने बताइएको छ ।