त्रिकोणात्मक फ्रेन्डसिप कपः आज नेपाल गुजरातसँग खेल्दै

साझा कथा । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गत आफ्नो पहिलो खेलमा आज गुजरातविरुद्ध पहिलो खेल खेल्दै छ । टी–२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार २ः ४५ बजेदेखि शुरु हुदै छ ।

भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरात, नेपाल र बरोडा सहभागी छन् । हरेक टोलीले २/२ खेल खेल्ने कार्यतालिका रहेको छ। बुधबार नेपालले गुजरातसँग अन्तिम खेल खेल्ने छ । शुक्रबार बरोडासँग लिग चरणको अन्तिम खेल खेल्ने कार्यतालिका रहेको छ । फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणको प्रदर्शन पछि शीर्ष २ मा रहने टिमबिच २५ चैतमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ ।

नेपालको टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द ।

गुजरातको टोलीः उमांग पटेल .(कप्तान), अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?