साझा कथा । जीवन साथी नामबाटै नै परिभाषित छ । जीवन भरको सारथि जुन सारथि सङ्ग आधा भन्दा बढी जीवन बिताउनु पर्ने हुनुपर्छ । रंङमन्चमा सधै हरेक परिस्थिति हरेक मोडमा दुःखमासंगै आँसु झार्न सुखमा सधै संगै रमाउन् र जीवन भरी नै एकै रथ का दुई पांग्रा भएर हौसला प्रेरणा मनोबल एउटा असल सहयात्रीको रुपमा साथ निभाउने मान्छेलाई नै जीवनसाथी भनिन्छ । आफ्नो जीवनसाथी छनौट गर्नु जीवनको सबैभन्दा ठूलो निर्णय हो । आउनुहोस् यस लेखमा सही जीवनसाथी छनोट गर्ने विशेष टिप्स जानौँ ।
भनिन्छ जीवनको सबैभन्दा ठूलो निर्णय आफ्नो जीवनसाथी छनोट गर्नु हो । किनकि जीवनसाथी जीवनमा एक मात्र व्यक्ति हो जसले जीवनभर तपाईलाई साथ दिन्छ। यस्तो अवस्थामा यदि हतारमा गलत निर्णय लिनुभयो भने यसले तपाईको मानसिक अवस्थालाई पनि असर गर्न सक्छ। त्यसैले सम्बन्धलाई समय दिनु र आफ्नो पार्टनरलाई बुझ्नु आवश्यक छ, त्यसपछि मात्रै जीवनभर सँगै बस्ने निर्णय गर्नुपर्छ ।
सही जीवन साथी रोज्नु किन महत्त्वपूर्ण छ:
कसैलाई आफ्नो पार्टनरको रूपमा छान्नु भनेको त्यो व्यक्तिसँग शारीरिक, मानसिक र भावनात्मक रूपमा जोडिनु हो। यस्तो अवस्थामा व्यक्तिको व्यवहारमा अलिकति परिवर्तनले पनि तपाईको मानसिक स्वास्थ्यलाई असर गर्न थाल्छ । धेरै सोच्दा वा चिन्तित भएर, तपाई शारीरिक रूपमा बिरामी पर्न थाल्नुहुन्छ। तसर्थ, यो एक सही पार्टनर छनोट गर्न धेरै महत्त्वपूर्ण छ, ताकि तपाइँको सम्बन्ध स्वस्थ रहन्छ । मनोवैज्ञानिक अध्ययनहरुका अनुसार दीगो सम्वन्धहरुको मूल आधार परिस्थिति वमोजिमको लचकता, भावनात्मक संबेदनशिलता, सम्वन्ध प्रतिको यथार्थपरक दृष्टिकोण एवं त्यसमा आधारित सँवादको शैली हुनेगर्छ । अर्थात, सम्बन्धको दीगोपनको लागि व्यक्तिको ‘प्रोफाइल’ भन्दा उसको ब्यवहारको शैली बढी महत्वपूर्ण हुन जान्छ । बैवाहिक जोडीमा यस्ता गुणहरु भएमा मागी बिवाह पनि प्रेम बिवाह जस्तै सुखद र सफल हुन सक्छन ।
विवाह गरेको ब्यक्तिसँग रोमान्स गर्न जान्नु अती महत्वपूर्ण कला हो जुन दुवै प्रकारको विवाहमा अत्यावश्यक हुन्छ। बिवाह प्रतिको बदलिँदो मान्यता र प्रेम बिवाहको बढ्दो क्रम सँगै अहिले आफ्नो आकांक्षा र चाहना अनुरुपकोे प्रेमी वा जीवन साथी रोज्ने अवसर धेरैलाई उपलब्ध भएको छ । प्रबिधी र सामाजिक सञ्जालको पहुँचले समेत यसलाई थप सहज बनाईदिएको छ। यो अवसरको सही सदुपयोग सफल, सुखद र दीगो दाम्पत्यको एक वलियो सुरुवात बन्न सक्छ ।
सम्बन्धमा कस्ता गल्तीहरूबाट बच्नुपर्छ:
एक अर्कालाई राम्रो सँग बुझ्ने अवसर प्राप्त हुने प्रेम बिवाह असफल हुन सक्ने एउटा मूल कारण किशोरकिशोरी वा युवा युवती बिच प्रेमको विषयमा पाइने गरेको अस्पष्टता र अवास्तविक धारणा हो । धेरैले पहिलो नजर एवं भेटको सहज आकर्षण र रोमाञ्चक अनुभवलाई नै साँचो प्रेम वा ‘डिभाइन लभ’ मान्ने गर्छन । अन्य कतिपयले आफ्नो प्रेम सम्बन्धलाई इश्वरीय खटनको उपज मान्ने र सम्बन्धको भविष्य राम्रो नदेखाउने स्पष्ट सँकेतहरुलाइ समेत नजर अन्दाज गर्दै जाने हुन्छन । धेरै मानिसहरु शारीरिक घनिष्टता, आर्थिक हैसियत जस्ता केहि इच्छाहरुका लागि आफ्नो पार्टनर रोज्छन् । तर यसो गर्दा तपाईले गलत जीवन साथी रोज्न सक्नुहुन्छ । यस्तो अवस्थामा तपाईले लामो समयसम्म तनाव र चिन्ता जस्ता समस्याहरूको सामना गर्न सक्नुहुन्छ । तसर्थ, जब कुनै इच्छा वा दबाब उत्पन्न हुन्छ,पति–पत्नीछनोट गर्नु हुदैन ।
जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ । यस्तो परिस्थितिमा एक अर्काको भरोसाले नै जुनजुकै अवस्थामा पनि हार्न दिदैन । एक अर्का सङ्ग दुख बाँड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यस्को सयौं गुणा खुशी मिल्छ । श्रीमान–श्रीमतीको सम्बन्धमा एक अर्कोप्रति समझदारी विश्वास हुन जरुरी हुन्छ । हरेक श्रीमान–श्रीमतीको इच्छा हुन्छ श्रीमान वा श्रीमतीले उसको पनि भावनाको कदर गरोस् यस्तो साहारा बनोस्की जो सङ्ग उस्ले जिन्दगी बिताउने कल्पना गरेको छ उसैले हरेक चुनौतीको सामना गर्न सकोस या जुध्न सकोस एक अर्काकोसाथ कदम कदमा मिलाएर चल्न सकोस र जिन्दगीको सारा बोझ सजिलै सङ उखेलेर फ्याँक्न सकोस र जीवन सधै हाँसी रुप खुशी सफल रहोस ।
आफ्नो प्रेम कुन प्रकारको हो स्पष्ट हुनुहोस्ः
एक अर्कालाई राम्रो सँग बुझ्ने अवसर प्राप्त हुने प्रेम बिवाह असफल हुन सक्ने एउटा मूल कारण किशोरकिशोरी वा युवा युवती बिच प्रेमको विषयमा पाइने गरेको अस्पष्टता र अवास्तविक धारणा हो । धेरैले पहिलो नजर एवं भेटको सहज आकर्षण र रोमाञ्चक अनुभवलाई नै साँचो प्रेम वा ‘डिभाइन लभ’ मान्ने गर्छन । अन्य कतिपयले आफ्नो प्रेम सम्बन्धलाई इश्वरीय खटनको उपज मान्ने र सम्बन्धको भविष्य राम्रो नदेखाउने स्पष्ट सँकेतहरुलाइ समेत नजर अन्दाज गर्दै जाने हुन्छन । विभिन्न अध्ययनहरुको निश्कर्षका अनुसार प्रेमका तीन प्रमुख अवयवहरु हुने गर्छन ।
मनोविज्ञानमा आम रुपमा स्विकार गरिएको प्रेमको ‘स्टर्नबर्गको सिद्घान्त’ का अनुसार ‘प्यासन’ अर्थात शारीरिक आकर्षण एवं रोमाञ्चकता प्रेमको पहिलो तत्व हो । यसको दोस्रो अवयव ‘इन्टिमेसी’ अर्थात गहिरो भावनात्मक निकटता, सहजता, सम्मानको भाव र ‘केयरीङ्ग’ व्यवहार हो । साथै, प्रेमको तेस्रो अवयव समर्पणको विवेकपूर्ण निर्णय हो। ‘स्टर्नबर्गका’ का अनुसार यी अवयवहरुकै विश्लेषणको आधारमा प्रेम कस्तो प्रकारको हो र त्यस्तो सम्बन्धको भविष्य कस्तो होला भन्ने कुरा समेत एकहद सम्म अनुमान गर्न सकिन्छ । शारीरीक आकर्षण र रोमाञ्चकताको प्रभाव बढी भएकोे तर इन्टिमेसी र समर्पणको भाव अत्यन्त कम हुने ‘प्यासनेट प्रेम’ सामान्यतः अस्थाई प्रकृतीको भईदिन सक्छ । क्षणिक रोमान्स प्रति बढी लक्षित हुने कारणले यस्तो प्रेम छिटैनै अर्थहीन एवं नीरस लाग्न सक्ने सम्भावना रहन्छ ।
समर्थन वा विश्वासको कमी,सम्बन्धलाई समय नदिने:
यदि तपाईंहरू बीच कुनै समर्थन वा विश्वास छैन भने, यसले तपाईंको भविष्यमा झगडा बढाउन सक्छ । यदि तपाइँ अर्को व्यक्तिलाई विश्वास गर्न सक्षम हुनुहुन्न भने, तपाइँको सम्बन्ध कमजोर हुन सक्छ । त्यसैले यस्ता कुरामा ख्याल गर्नुस् । बेलैमा बिचार पुर्याउन सके भविश्यमा हुन सक्ने समस्याबाट पहिले नै छुटकारा पाउन सकिन्छ । जीवनसाथी माथिनै विश्वास नगर्ने हो वा नहुने हो र शंका लागि रहन्छ शंका गरिरहन पर्ने अवस्था रहिरन्छ भने च्याप्टर क्लोज गर्नु नै उपयुक्त हुन्छ । धेरैले हतारमा विवाहको निर्णय लिन्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो सम्बन्धलाई समय दिनुको सट्टा केही दिनमै बिहे गर्ने निर्णय गर्छन् । तर त्यसो गर्नु मानसिक स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा व्यक्तिलाई बुझ्नु तपाईंको लागि एउटा काम बन्न सक्छ ।
आफ्नो मनको भावनालाई बेवास्ता गर्नुहोस्:
जब हामी कुनै व्यक्तिसँग कुरा गर्छौं वा तिनीहरूसँग समय बिताउँछौं, हामी तिनीहरूको व्यवहार बुझ्न थाल्छौं । समय बित्दै जाँदा, हामी त्यो व्यक्तिसँग जीवन बिताउन सक्छौं कि सक्दैनौं भन्ने महसुस हुन्छ । त्यसैले आफ्नो मनको भावनालाई बेवास्ता नगर्नुहोस् । थाह प्रेम भएका जोडीहरुमा समेत बिवाहपश्चात दैनिक जीवन सँचालनका कतिपय विषयहरुमा अस्पष्टता र मतभिन्नता सुरु हुन सक्छ । पहिले अति सामान्य मानिएका खाना कसले बनाउने ? सपिङ कसले गर्ने ? दुवैको जागिर कसरी व्यवस्थापन गर्ने ? ‘सेक्स’ कति मात्रामा आवश्यक पर्ने, बच्चा कहिले पाउने ? लिभिङ अरेन्जमेन्ट कहाँ र कस्तो हुने जस्ता विषयहरु गम्भीर शक्ति संघर्ष र असन्तुष्टीका स्रोत बनिदिन सक्छन । जीवनसाथी बन्ने निर्णयको लागि यस्ता विषयहरुमा सहज समझदारीमा पुग्न सक्नेछौँ भन्ने गहिरो विश्वास एक—अर्का प्रति हुनु अति आवश्यक हुन्छ ।
मनोविज्ञानका अनुसार सफल दाम्पत्य कुनै अलौकिक आकस्मिकताको प्रभावको विषय नभई मूलतः व्यक्तिहरुको बिबेकपूर्ण निर्णय र सम्बन्ध प्रतिको उपयुक्त दृष्टिकोण एवं व्यवहारको परिणाम हो। सम्बन्धमा जोडिने र त्यसको सुखद भविष्य सुनिश्चित गर्ने विषयमा परिस्थितीको भुमिका गौँड र व्यक्तिको छनोट एवं निर्णयको भुमिका बढी हुन्छ। यस्ता विविध विषयहरुमा स्पष्ट भई बिवाहको निर्णयमा पुग्नको लागि विकसित मुलुकमा ‘प्रेम जोडी’ हरु ‘प्रिमेराइटल काउन्सेलिङ्ग’ वा ‘म्यारिज काउन्सेलिङ्ग’ मा जाने समेत आम प्रचलन रहेको छ।
बिभिन्न साइकोलोजिस्ट डाक्टरहरुको सहयोगमा