त्रिकोणात्मक फ्रेन्डसिप कपः उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल

२०८० चैत्र २५, आईतवार

साझा कथा । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गतको आफ्नो अन्तिम खेल आज गुजरातविरुद्ध खेल्दै छ ।

नेपालले टस जितेर गुजरातविरूद्ध पहिले ब्याटिङ गर्ने भएको हो । लिग चरणका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो । बरोडाविरुद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल खेलेको हो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?