नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी–२० अभ्यास खेल खेल्ने– तालिका सार्वजनिक

२०८० चैत्र २७, मंगलवार

साझा कथा । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ र नेपालबीच हुने पाँचवटा टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र वेस्टइन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेका हुन् ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले जुनमा हुने टी–२० विश्वकपअघि अन्तिम तयारीका रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?