देशभरका इस्लाम धर्मावलम्बीले मनाए इद (तस्बिरसहित)

साझा कथा । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाएका छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीका अनुसार बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ ।

आज इदका अवसरमा देशभरका मुस्लिम समुदायले मस्जिदमा पुगेर मनाउने गर्दछन् । आज काठमाडौंको घण्टाघरमा रहेको मस्जिदमा मुस्लिम समुदायले नमाज पढेर इद मनाएका छन् ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनादै आइएको छ ।

काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव छ ।

इदको अवसरमा बिहीबार (आज) गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको  छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?