दिपेन्द्रले बनाए अर्को कीर्तिमान (भिडियो)

Featured Video Play Icon

साझा कथा । दिपेन्द्रसिंह ऐरी अर्थात नेपाली क्रिकेटका टाइगर । जो आक्रमण गर्न माहिर छन् । उनले आफ्नो नाम अनुसारको खेल गत शनिवार कतार विरुद्धको टी – २० आईमा खेले ।

अलराउन्डर दिपेन्द्रसिंह ऐरीले एक ओभर अर्थात ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । उनको यो कीर्तिमान टी – २० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ब्याट्सम्यानका रुपमा रह्यो । स्मरणीय छः उनी ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडि पनि हुन् ।

पुरुष टी–२० आईमा यो उपलब्धि हासिल गर्ने भारतका युवराज सिंह र वेष्ट इन्डिजका काइरन पोलार्डपछि ऐरी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । जसमा नेपालका दिपेन्द्र सिंह ऐरी यो उपलब्धि हासिल गर्ने तेस्रो ब्याट्सम्यान बने । र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडी मा युवराज सिंह र काइरन पोलार्ड सँगै दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्स जसले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । र चौथो अमेरिकाका ब्याटर जसकरण मलहोत्रा उनले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए ।

२४ वर्षीय अलराउन्डर ऐरीले शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा भएको एसीसी पुरुष टी–२० आई प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । उक्त खेलमा दिपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । दिपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् ।

उनले प्रहार गरेको अन्तिम ओभरको ६ बल यस्तो थियो:

क्रिजमा दिपेन्द्रको पार्टनर सोमपाल कामी थिए भने कतारका बलर कमरान खान थिए । खानको पहिलो बल ‘स्लो सट बल’ थियो । दीपेन्द्रले त्यसलाई मिड विकेटमाथि उठाउँदै छक्का हाने ।

दोस्रो बलमा वाइड घेरा भन्दा बाहिर गर्दै बलर कमरान खान बच्न खोजेका थिए । तर दीपेन्द्रले त्यसलाई पनि डीप प्वाइन्टमा सुन्दर छक्का प्रहार गरे ।

तेस्रो बलमा कमरानले पुनः सट गर्न खोजेका थिए । बलमा खासै गति थिएन । त्यसैले, सहजै रुपमा दीपेन्द्रले डीप मिड विकेटमा छक्का हाने ।

सुरुवाती तीन बललाई छक्कामा बदलेका दिपेन्द्रले चौंथो बलमा बलर कमरान खानलाई दबाबमा राखिसकेका थिए, त्यसैले चौथो बलिङ खानले अफ् साइडमा फुल लेन्थमा गरे । त्यो बललाई पनि दीपेन्द्रले कभरको माथिबाट छक्का हानिदिए ।

पाँचौं बल कमरानले पुनः सट बल खेले । दीपेन्द्रले पहिलो र तेस्रोमा जस्तै पाँचौं बललाई पनि डीप मिडविकेटबाट छक्का हानिदिए । बलमा गति नहुँदा दीपेन्द्रलाई निकै सहज भएको देखिन्थ्यो । उक्त बल अर्को मैदानमा पुग्दा मलेसियाका फिल्डरले फालेका थिए ।

सुरुवाती पाँच बलमा छक्का खाएका खानले अन्तिममा स्लो सट बलिङ गरे । लेग साइडको बल दीपेन्द्रले डीप मिडविकेटमाथि पुनः शानदार छक्का हान्दै इतिहास रचे ।

थप कथा भिडियो मार्फत… https://youtu.be/piCUOTHmxAQ?si=dZpMoJ0hLsktV4_5

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?