बालबालिकाले रुचाएको सौराहा (फोटो कथा)

साझा कथा । काठमाडौं उपत्यका भित्रका बालबालिकाको पहिलो गन्तव्य हो – जावलाखेलस्थित चिडियाखाना । किनकी, त्यहाँ बाघ हेर्न पाइन्छ । आफूले पढेको र मोवाइलमा देखेको हात्ती, गैंडा र लङ्गुर हेर्न पाइन्छ । पिँजडामा थुनेर राखिएको जनावरसँग यतिविध्न रमाउने बालबालिका जनावरसँगै खेल्न पायो भने के गर्लान् ?

चितवनस्थित चितवन राष्ट्रिय निकुञ्ज (सौराहा) त्यस्तो गन्तव्य हो – जहाँ जनावरसँग खेल्न पाइन्छ, पिँजडामा होइन हात्तीमा चढेर जंगलमा बाघ, गैंडा र मृगहरु हेर्न पाइन्छन् । तसर्थ, केही दिनको विदा मिल्दा बालबालिकाको पहिलो रोजाइ बन्ने गरेको छ – पर्यटकीय गन्तव्य सौराहा । समर भ्याकेशन, विन्टर भ्याकेशन, न्यू इयर जस्ता विदामा अधिकांश बालबालिका परिवारसँग सौराहा पुगेका हुन्छन् । यस पटक समर भ्याकेशन र नयाँ वर्षको अवसरमा सौराहा पुगेका बालबालिका र अभिभावकको भ्रमणलाई साझा कथाले क्यामेरामा कैद गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?