चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Featured Video Play Icon

साझा कथा । अभिनेता अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज हुन लागेको यो फिल्मको बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा नयाँपन छ र फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । नेपाली फिल्म क्षेत्रमा फेरि लभ स्टोरीको साथमा नयाँ शैलीको कथा फर्किएको आभाष यो फिल्मको ट्रेलरले गरेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । नायक सलोन बस्नेतले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा सुयोग गुरुङको कथा तथा पटकथा, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, किरण थापाको कोरियोग्राफी छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?