वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

साझा कथा । घरेलु मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द रहेका छन् भने वेस्ट इन्डिज टिममा रोस्टन चेज (कप्तान), एलिक एथानाज, फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श छन् ।

वेस्ट इन्डिज ‘ए’ टिम बुधबार नै काठमाडौं आइसकेको छ । सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौँ ४ मे मा हुने छ । सिरिजका सबै खेल टियु मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने छन् ।

वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो । भ्रमणलाई वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपअघिको तयारीको रुपमा लिएको छ । किनभने सिरिजबाट राष्ट्रिय टिम पार्न सक्ने खेलाडीको पहिचान गर्न सकिने वेस्ट इन्डिजको भनाइ छ । नेपालले पनि वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?