सीएचसीको ‘सम्पदा पदयात्रा’ बैशाख २२, २२ किमि, २२ सय पदैलयात्री

साझा कथा । स्थानीय सरकारकै सकृयता र समुदायका युवाहरुको एकता (चन्द्रागिरी हाइकर्स कम्यूनिटी अर्थात सीएचसी)ले हरेक साता जसो चन्द्रागिरी आसपास शनिवार वा सार्वजनिक विदाको दिन पारेर हाइकिङ कार्यक्रम गर्दै आइरहेको छ ।

यसपटक चन्द्रागिरी नगरपालिकाको सहकार्यमा बैशाख २२ गते शनिवार नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’ आयोजना गर्न लागेको छ ।

पालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको पर्वद्धन गर्न बैशाख २२ गते २२ किलोमिटर, २२ सय जनाको उपस्थितीमा नगरपालिका सवै वडामा रहेका संस्कृतिक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने गरी सम्पदा पदयात्रा आयोजना गरिएको सिएचसीले जनाएको छ ।

सिएचसीका अनुसार विहान ६ बजे नगरपालिकाको कार्यालयबाट सुरु भएको पदयात्रा बालम्बु त्रिवेणी घाट ,गणेश स्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, माता तिर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवि मन्दिरहुँदै नैकापको खेलमैदानमा आएर समापन हुने बताइएको छ । पदयात्राका लागि रुट समेत निर्धारण गरिएको छ ।

काठमाडौं उपत्यका भित्र गुम्सिएर बसेकाहरु जो कोही इच्छुकले उक्त पदयात्रामा भाग लिन पाउने छन् । जसका लागि इ–सेवा मार्फत ९९ को टिकट बुकिङ गनुपर्ने छ । टिकट बाफत बिहान खानाको ब्यवस्था पनि गरिएको सिएचसीले जनाएको छ ।

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?