साझा कथा । क्या. रुद्रमान गुरुङले विसं २०५४ सालमा स्थापना गरेको सिरुबारी होमस्टे । स्याङ्जा जिल्लामा अवस्थित यो होमस्टे नेपालको पहिलो होमस्टे हो ।
सार्क राष्ट्रमै नमूना बनेको यो होमस्टेको सिको गरेर अहिले नेपालमा थुप्रै होमस्टेहरुको जन्म भएको छ । लाहुरेहरुले सुरुवात गरेको पुरानो स्थापित सिरुबारी होमस्टे सञ्चालनको जिम्मेवारी अहिले भने बुहारीहरुको काँधमा आएको छ । स्थापनाकालका लाहुरेहरु रिटायर्ड हुनु, अधिकांश लाहुरे परिवारसहित विदेशमै रहनु, युवापुस्ता पनि अध्ययन र रोजगारीको क्रममा विदेश वा सहरमा रहँदा होमस्टे सञ्चालनको जिम्मा बुहारी पुस्तामा सरेको हो ।
केही युवाहरुले साथ दिएपनि अधिकांश होमस्टेहरु बुहारीहरुले नै सञ्चालन गर्दै आएका छन् । पाहुनालाई खानपानदेखि स्वागत/विदाई, साँस्कृतिक कार्यक्रम तथा उनीहरुलाई घुमाउने काममा समेत बुहारीहरुनै सकृय छन् । साझा कथाका लागि शिव श्रेष्ठ र प्रकाश गोपालीले तयार पारेको फोटो कथा: