आँखुखोला किनारवासीलाई शनिवार विहान सचेत रहन आग्रह

साझा कथा । आँखुखोला १ जलविद्युत आयोजनाले ड्याम खोल्न लागेको भन्दै शनिवार तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकास्थित रिङ्नेमा रहेको ड्याम बैशाख २९ गते शनिबार विहान ६ बजे खोल्न लागेको हो । २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको सो ड्याम मर्मत गर्नका लागि खोल्न लागिएको जनाइएको छ । आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना नै जारी गरी सचेत रहन आग्रह गरेको हो ।

ड्यामको तल्लो तटीय क्षेत्रमा लपाङ, खहरे, सुकौरा, टारीबेसी जस्ता बाक्लो बस्ती रहेको गाउँ रहेका छन् । पौडी खेल्न, माछा मार्न, गिटीबालुवाको काम तथा पशुचौपाय चराउनका लागि खोला किनारमा स्थानीयहरुको आवतजावत रहने गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?