२२ सय जनाले एकैसाथ गरेको हाइकिङ ! (फोटो कथा)

साझा कथा । महिनैजसो हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको चन्द्रागिरि हाइकर्स कम्यूनिटी (सीएचसी)ले यस पटक रेकर्ड नै तोड्यो । सम्भवतः नेपालमा यति ठुलो संख्यामा हाइकिङ कार्यक्रम नभएको हुनुपर्छ – जहाँ २२ सय जनाले एकैसाथ हाइकिङ गरे । सिमित समुदाय, समाज, पेशावर्ग वा संघसंस्थाले सिमित व्यक्तिको सहभागितामा सञ्चालन गर्दै आएको हाइकिङ कार्यक्रमलाई सीएचसीले रेकर्ड नै तोड्ने गरि भव्य रुपमा सञ्चालन गर्यो । जुन अध्ययनकै विषय बनेको छ ।

गत बैशाख २२ गते २२ सय जनाले गरेको २२ किलोमिटरको यात्रालाई सीएचसीले ‘चन्द्रागिरि सम्पदा पदयात्रा’को नाम दिएको थियो । जुन यात्रा चन्द्रागिरि नगरपालिका भित्र रहेका सबै सम्पदाहरुलाई जोड्ने गरी सञ्चालन गर्यो ।

चन्द्रागिरि नगरपालिकाको भवनबाट सुरुवात भएको पदयात्रा चण्डीथान, चुनदेवी, मातातीर्थ, टौखेलहुँदै नैकाप फुटबल मैदान पुगेर टुंगिएको थियो । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सञ्चालन भएको सो पदयात्रामा स्थानीयदेखि विद्यार्थी, नेतादेखि चर्चित कलाकार, निजामती कर्मचारीदेखि प्रतिष्ठित व्यवासयीसम्मले सहभागिता जनाएका थिए । सोही कार्यक्रमको २२ फोटोलाई साझा कथाले फोटो कथाको रुपमा प्रस्तुत गरेको छ ।

तस्बिरः रक्की महर्जन, धर्मेन्द्र महर्जन, प्रदिप महर्जन

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?